राजविराज । बुद्धिलाल विद्या मुनर माध्यमिक विद्यालय भगवतपुर बडहरी नमूना विद्यालयका लागि प्रधानाध्यापक छनौट प्रक्रियामा त्रुटी रहेको भन्दै पुनरावलोकन गर्न शिक्षक गजेन्द्र प्रसाद दासले माग गरेका छन् ।
दासले बिहिवार राजविराजमा पत्रकार सम्मेलन गर्दै आफु माध्यमिक शिक्षा द्वितिय श्रेणीका शिक्षक भई २०५३ साल देखि अस्थायी नियुक्ति भई २०७० साउन १८ गते देखि वरिष्ठम शिक्षकको नाताले सहायक प्रधानाध्यापकको जिम्मेवारी हालसम्म सोही विद्यालयमा कार्यरत रहेको र शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षा विभागद्वारा यस विद्यालयलाई छनौट भएको बताए ।
नमूना विद्यालय छनौट भएपछि प्रधानाध्यापक निर्देशिका अनुसार ५५ वर्ष उमेर ननाघेको प्रष्ट भएकाले हाल कार्यरत रहेको प्रधानाध्यापक उमाकान्त यादवको उमेर बढी भएकोले विद्यालय अन्तर्गत नै योग्य भएका शिक्षकहरुको छनौट प्रक्रिया २०७५ फाल्गुण २९ गते प्रकाशित विज्ञापन अनुसार दुई जना शिक्षकको आवेदन दिएका थिए ।
निर्देशिका अनुसार प्रधानाध्यापक छनौट प्रक्रियाका लागि बद्री नारायण चौधरीको संयोजकमा ३ सदस्य समिति गठन गरिएको बताएको छ । सो समितिमा एक जना विज्ञ र नगरपालिका शिक्षा शाखाका प्रमुख रहने प्रावधान छ ।
उक्त समितिले शिक्षक छनौटमा माध्यमिक तहमा कार्यरत शिक्षक गजेन्द्र प्रसाद दास र तुलसी दास चौधरी योग्यले आवेदन दिएका थिए । यि दुई मध्ये छनौट समितिले तुलसी दास चौधरीलाई नमूना विद्यालयको प्रधानाध्यापकका लागि योग्य रहेकोले नतिजा प्रकाशित गरिएको हो ।
तर गजेन्द्र प्रसाद दासले आफु विद्यालयको बरिष्ठम शिक्षक र शैक्षिक योग्यता समेत रहेकोले आफुलाई पूर्वग्राही दृष्टिकोणले समितिका संयोजक बद्री नारायण चौधरीले एकल निर्णय अनुसार नतिजा प्रकाशित गरिएको आरोप लगाए । उनले सुरुदेखि विद्यालय व्यवस्थापन समितिले म भन्दा कनिष्ठ तृतीय श्रेणीका शिक्षक शिक्षा शास्त्रका कुनै उपाधि नभएका शिक्षकलाई षडयन्त्रमुलक रुपले नातागोता र साम्प्रादायिक भावनाले ग्रासित भई प्रअ छनोट गर्ने योजना बनाएर सोही योजना अनुसार प्रक्रिया र मूल्यांकन समिति बनाएको आरोपा समेत दासको रहेको छ ।
विद्यालय व्यवस्थापनको प्रास्तावना व्यवस्थापन अनुसार समितिले माग गरे बमोजिम निर्धारित समयमा एस.डिपि. पेश गरेको र पटक पटक बिच बिचमा सो प्रक्रियालाई स्थगित गरी योजना अनुसार शिक्षक छनौट गरेको उनले आरोप लगाए ।
शिक्षा ऐन दफा ९३ को उपदफा १२ मा सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ती नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये बरिष्ठम स्थायी शिक्षकले निमित प्रधानाध्यापक भई काम गर्ने प्रावधान रहेको छ । तर कुनै विद्यालयमा एक भन्दा बढी भएमा माथिल्लो तहको बरिष्ठम शिक्षकले निमित भई काम गर्ने शिक्षा ऐनमा प्रष्ट प्रावधान रहेको छ ।
शिक्षा ऐनमा प्रावधान अनुसार सो विद्यालयमा कार्यरत द्वितिय श्रेणीमा कार्यरत शिक्षक गजेन्द्र प्रसाद दास रहेको छ । छनौट भएका तुलसी दास चौधरी तृतीय श्रेणीको शिक्षक हुन् ।
शिक्षक छनौटका लागि विद्यालय व्यवस्थापन समितिले बैठकबाट निर्णय गरेपनि कुनै पनि पत्रपत्रिकामा सूचना प्रकाशन गरिएको छैन । सूचना प्रिन्ट गरी मात्र विद्यालयमा र शम्भुनाथ नगरपालिकाको शिक्षा शाखामा टाँस गरेको समेत दासले आरोप लगाए ।
नमूना विद्यालयका लागि प्रधानाध्यापक छनौट मूल्यांकन र प्रक्रिया अनुसार भएको शिक्षा शाखाका प्रमुख भोगेन्द्र प्रसाद यादवले बताए । उनले विद्यालय अन्तर्गत शिक्षक छनौट प्रक्रिया भएकोले पत्रपत्रिकामा विज्ञापन गर्नुपर्ने आवश्यक नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको