काठमाडौं — राष्ट्रिय जनता पार्टी र समाजवादीको एकीकरण सत्ताको खेल मात्रै रहेकोले दुबै शक्तिवीच दुरी बढाउने खड्यन्त्र रहेको भन्दै मधेशी अधिकारकर्मीहरुले मधेशका नेताहरुलाई खबरदारी गरेका छन ।
राजपाका सांसद जेलमा रहेको र आरक्षणको अधिकार कुण्ठित गरिएको बेला, प्राकृतिक प्रकोपले मधेश त्रस्त रहेको बेला मधेशवादी दलहरु मधेशको मुद्दा सम्बोधन गराउनुको सट्टा सत्ताको खेलमा लागेको भन्दै मधेशी अधिकारकर्मीहरुले खबरदारी गरेको छ ।
संविधान संसोधन गर्न कुनै कदम नचालेको, मधेशी शहिदहरुलाई अपमान गरेको, मधेशको अधिकार कुण्ठित गर्दै आरक्षणको व्यवस्था लत्याउदै कर्मचारी भर्ना गरिरहेको सरकारमा सहभागी समाजवादी पार्टीसँग राजपाले एकीकरणको प्रयास गर्नु सत्ताको खेलबाहेक अरु केही नभएको मधेशी अधिकारकर्मीहरुले बताएका छन् । उनीहरुले राजपा समाजवादी एकीकरणको नाटक उत्तरको दवाबमा उसको निहीत स्वार्थ पुर्तिका लागि खड्यन्त्र गरेको आरोप लगाएका छन । अधिकारकर्मीहरुले मधेशी पार्टीहरुले मधेशी महिला, दलित तथा पेशाकर्मीहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको तर उनीहरुको समस्याप्रति ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
मधेशी संस्कृति र पहिचानको कुरा गर्ने तर मधेशी पार्टीहरुले ध्यान नदिएको पनि अधिकारकर्मीले बोल्दै आरोप लगाएको छ । प्रदेश २ लाई पनि आर्थिक रुपले सशक्त तथा आत्मनिर्भर बनाउन पनि पर्याप्त कदम नचालेको भन्दै अधिकारकर्मीहरुले समग्र नेपालको कुरा गर्ने मधेशवादी दलहरुले समग्र मधेश समेत समेट्न नसकेको आरोप लगाएका छन् ।
कार्यक्रममा अधिवक्ता सुनिल रञ्जन सिंह, अधिबक्ता पंकज कर्ण, पत्रकार तथा राजनीतिक विश्लेषक अनन्त मेहता, कलाकार विजय यादव निर्विज, अधिकारकर्मी आनन्द गूप्ता, दलित अधिकारकर्मी नरेन्द्र पासवान, मधेशी कर्मचारी मञ्चका उपाध्यक्ष सुजित कुमार झा, मैथिल महिला समाजका अध्यक्ष अञ्जला झा, संघियता सम्वन्धी विज्ञ डा.विनय मिश्रा, अवधि भाषा तथा संस्कृति अभियन्ता आलोक तिवारी, सांस्कृतिक कर्मी नागेन्द्र ठाकुरलगायतका अधिकारकर्मीहरु शनिवार काठमाडौंमा भेला भई मधेशी पार्टीहरुलाई सत्ताको खेलमा नलाग्न खबरदारी गरेका छन् ।
समृद्ध मधेश नागरिक अभियानको आयोजन र मधेशी पत्रकार समाजको प्रवद्र्धनमा सञ्चालन भएको खबरदारी कार्यक्रलाई सप्तरीका भोरुकुवा एफएम, सर्लाहीका स्वर्णीम एफएम, कपिलवस्तुका रेडियो कपिलवस्तु, पर्साका रेडियो बिन्दास र रौतहटका कटहरिया एफएमबाट प्रत्यक्ष प्रशारण भएको थिए । कार्यक्रममा राजनीतिक विश्लेषक, अधिकारकर्मी, वकिल, प्रध्यापक लगायत विभिन्न पेशाकर्मी देखी लिएर विद्यार्थीहरुको पनि उपस्थिती रहेको थियो ।
यसैबीच, मधेशको जनता र राजपाको राजनीतिक समितिका अधिकांश नेताहरु पार्टी एकिकरण भन्दा राजपा पार्टीको महाधिवेशन गरेर मधेश मुद्दामा काम गर्नको लागि सुझाव दिएको छ । राजपा नेपाललाई क्षतविक्षत गर्न तथा राजपा र समाजवादी पार्टीबीच दुरी बढाउनको लागि उत्तरको गतिविधी सक्रिय भएको राजपाको राजनीतिक समितिको बैठकमा छलफल भएको राजपा निकट सुत्रले जनाएको छ । मधेश आन्दोलन र मुद्दालाई मुद्राको साटफेर गरि कमजोर गर्ने खडयन्त्र भएको प्रष्ट बुझिएको आँकलन राजनीतिक समितिका बैठकले गरेको छ । आउने दिनमा यस्ता खडयन्त्रलाई नांगो पार्नेमा राजनीतिक समितिका सदस्यहरु सहमत भएको जनाएको छ ।







