राजबिराज – प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीमा एकैदिन नेपाल–भारत मैत्रीद्वार १२ वटा योजनाको समुदघाटन गरेका छन् । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रमै विहिबार आयोजित छुट्टा–छुट्टै समारोहमा मन्त्री साहले ती सबै आयोजनाको समुदघाटन गरेका हुन् । तराई मधेश समृद्वि कार्यक्रम अन्र्तगत प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालाय तथा मन्त्री साहको संसदीय विकास कोषको गरी झण्डै ५ करोड रकमको लागतमा योजनाहरुको निर्माण कार्य सम्पन्न भएको मन्त्री साहका स्वकीय सचिव राजकुमार यादबले जानकारी दिए ।

विहिबार उदघाटन गरिएको योजनाहरुमा तीन वटा आधारभुत स्वास्थ्य केन्द्र भवन र एक–एक सामुदायिक भवन, अतिथी घर, आर्युवेद औषधालय भवन, बोटनी गार्डेन र धर्मशाला सहितका छन् । यस्तै भारतीय सिमासँंग जोडिएको रामपुरा मल्हिनयामा नेपाल–भारत मैत्रीद्वार तथा नगरको विभिन्न तीन स्थानमा स्व. गजेन्द्रनरायण सिंहको स्मारक स्थलको पनि समुदघाटन गरिएको छ ।

विकासको प्रचुर सम्भावना रहेर पनि प्रदेश २ निकै पछि परेको बास्तविकतालाई दृष्टीगत गरी प्रदेश २ सरकार विकासमा जोड दिदै आएको मन्त्री साहले बताए । उनले जनताको आवश्यकतालाई हेरेर श्रोत साधनले भ्याएसम्म अगामी दिनमा थप योजनाहरुलाई निरन्तरता दिने प्रतिद्धता व्यक्त गरे ।

बिहानै देखी भईरहेको वर्षाका बावजुद पनि आयोजना गरिएको समुदघाटन समारोहहरुमा राष्ट्रिय सभा सदस्यद्वय शेखर सिंह, मृगेन्द्र कुमार सिंह यादव, पूर्व उपसभामुख गंगाराम यादव, जिल्ला समन्वय समितीका प्रमुख प्रभाकर यादव, हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेस साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंह, जिल्ला स्वास्थ्य कार्यालायका प्रमुख दुनियालाल यावद सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर