राजविराज – सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ विसनपुरमा गए राति आगलागी हुँदा ४ लाख बरावरको धनमाल जलेर नष्ट भएको छ । आलागी वाट एक युवक समेत जलेर घाइते भएका छन् । अरुणकुमार मण्डलको गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी भएको हो ।
मध्य राति आगलागी हुँदा घरमा सुतिरहेका ४२ वर्षीय मण्डलको पिठ्यु र दाहिने हात जलेको छ । जलेर घाइते मण्डलको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सो आगलगाीमा परि गोठ पूर्ण रुपमा जलेको छ ,भने गोठमा रहेका गाई र बाछा,  जलेर घाइते भएका छन् । बाख्रा र २ थान खसी जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।आगलागी स्थानीयवासिन्दा र प्रहरीको सहयोगको नियन्त्रणमा आएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर