लोकेन्द्र यादब
राजविराज – सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड नम्बर ७ हैठीमा आगलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ ।
स्थानिय ५५ बर्षीय रामकृपाल राउत घरमा आइतवार दिउँसो आगलागी हुँदा तीन वटा घर संगै अन्नपात, लुगा ,कृषि मिटर लगायतका लाखौंको समान जलेर खरानी भएको हो ।
अचानक परालको टालबाट आगलागी शुरुभई घर सम्म पुगेको एक प्रत्यक्षदर्शीले बताए । राउतका  परिवारजन सबै जना खेतमा धान काट्न गएको बेला अचानक अचानक परालको टालबाट सल्किएको आगो घरमा लागेकोथियो ।
आगलागीबाट नगद रु.२५ हजारसहित, एक लाख बराबरको जस्तापता, ५० हजार मुल्य बराबरको काठ र धान , गेहु ,लुगा ,कृषि मिटर लगायतका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले जानकारी दिए ।
विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेपनि यकिन हुन नसकेको ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनको प्रमुख अयोध्या शरण यादव बताए ।
आगोलाई नियन्त्रण्मा लिन स्थानिय, प्रहरी र राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाका वारुणयन्त्र घट्ना स्थलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको