राजविराज– राजविराजमा सोमबार लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीस्थित बहिरा बालक स्कूलमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा युवा सञ्जालकी संयोजक सुनीता साहले दाईजो प्रथा र बालविवाह अन्त्यत गर्नुपर्ने बताईन् । उनले सहभागिहरुलाई छातीमा हात राखेर दाईजो नलिने नदिन प्रतिवद्धता समेत व्यक्त गर्न लगाईन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले पीडकलाई दण्ड सजाय र पीडितको चाहनाअनुरूपको न्याय प्राप्त गरेको अनुभूति गर्ने वातावरण सृजना गर्न प्रहरीले भूमिका खेल्दै आएको बताए । उनले अपराध न्यूनीकरण गर्ने अभियानमा प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भएकोले यस अभियानमा स्थानीय जनसमुदाय र सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए ।

मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले लैङ्गिक हिंसाबाट पीडितले न्याय प्राप्त गरेको अनुभूति गर्न र आत्मसम्मानका साथ मानव अधिकारको सुनिश्चितता भएको महशुस गर्नुपर्ने आवश्यकता रहेको बताए ।
जेष्ठ नागरिक चन्द्रशेखर साफीको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जनउत्थान केन्द्रकी सहजकर्ता सुष्मा गुप्ता, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह, स्थानीय शत्रुघ्न साह, , हुर्क नेपालकी कार्यक्रम संयोजक रिया राय सञ्चेती, पत्रकार पंकज साह निखिललगायतले हिंसा न्यूनीकरणमा सचेतनात्मक सहजिकरणको विस्तार आवश्यक विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको