राजविराज । सप्तरीको रुपनीमा करेन्ट लागेर शुक्रबार राति एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका वडा नम्वर ३ हर्दिका गाउँका संतोष यादवको २४ वर्षीया श्रीमति अमृता देवी यादव रहेका छन् ।
उनी आफ्नै घरमा जडान रहेको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका अमृतालाई उपचारको लागि रुपनी स्थित यूनिक अस्पताल लैजाँदै गरेको अवस्थामा उनको बाटोमा नै मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर