राजविराज ।  मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको २५० वर्षभन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेश प्रदेशका जिल्लाहरुको अनुगमनको क्रममा रहेका अध्यक्ष दत्तले आज बलान बिहुल गाउँपालिकाको मौवाहा गाउँमा पूर्वउपराष्ट्रपति परमानन्द झासहित मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा सो प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष दत्तले सो मन्दिरलाई व्यवस्थापन तथा सौन्दर्यकरण गर्न पनि आयोगले मुख्य भूमिका खेल्ने बताए । सो मन्दिर व्यवस्थापनको लागि आफूले एक चरणको काम गरिसकेको र बाँकी काम पनि यथाशीघ्र गर्ने उनले बताएका थिए ।

स्थानीयवासीसँग भेट गरी समस्याको जानकारी लिने र समाधानको पहल गर्ने उद्देश्यले अध्यक्ष दत्त मधेश प्रदेशका ग्रामीण भेगहरुको भ्रमणमा रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको