महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार उनलाई महोत्तरीको औरही सडक क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रारम्भिक जानकारीअनुसार उनीसँगै थप रकम पनि रहेको आशंका गरिएको छ, जसको अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको