काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो।
नेपालका इशान पाण्डेको सानादार ब्याटिङसँगै सर्वाधिक ८४ रन बनाए। ८३ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे। उपकप्तान दीपेन्द्रसिंह ऐरी ५९। कप्तान रोहितकुमार पौडेल ४६, आसिफ शेख ४३, कुशल भर्तेल २९, गुल्सनकुमार झा १५ रनमा आउट हुँदा आरिफ शेख १८ रनमा अविजित रहे।
अमेरिकाका शुभव रञ्जनेले सर्वाधिक ३ विकेट लिए। रुशिल उगारकर र मिलिन्द कुमारले समान १ विकेट राखे।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म चार खेल सकिएका छन् । दुई खेलमा स्कटल्याण्ड, एकमा नेपाल र एकमा अमेरिका विजयी भएको छ ।
पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । तस्रो खेलमा नेपाले बदला लिँदै स्कटल्याण्डलाई ६ विकेटले हराएको थियो भने चौथो खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले हराएको थियो
आजको अन्तिम खेलमा भने नेपाल जितको खोजिमा छ ।







