काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको पछिल्लो शृंखलामा नेपालले आज आफ्नो अन्तिम खेल अमेरिकासँग खेल्देछ ।

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजे शुरू हुनेछ । जारी शृंखलामा नेपाल र अमेरिकाका अतिरिक्त स्कटल्यान्ड पनि छ । नेपाली टोलीले अघिल्ला तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

आफ्नो पहिलो खेलमा नेपाली टोली स्कटल्यान्डसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा केवल दुई रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो ।

तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै अघिल्लो हारको बदला लिएको थियो । अमेरिकाले भने तीनमध्ये दुई खेलमा हार र एक खेलमा जितको नतिजा निकालेको छ । अमेरिकाले अघिल्लो खेलमा स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।

यही शृंखलापछि नेपाल आठ टोली सहभागी लिग–२ प्रतियोगिता तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको