राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद्को पुनर्गठन भएको छ।

 

मधेस प्रदेशका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेका अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को पुनर्गठनसहित कार्यविभाजन गरेका हुन्।

 

कार्यविभाजन गर्दा मुख्यमन्त्री कृष्णप्रसाद यादवले अर्थ मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय आफूसँगै राखेका छन्।

 

त्यसैगरी जङ्गीलाल राय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जवाहरलाल कुशवाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कनिश पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, शङ्करप्रसाद चौधरी वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रालय, महम्मद समिर बिनाविभागीय मन्त्रालयको जिम्मा तोकिएको छ।

 

गएराति नै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुखसमक्ष नवनियुक्त मन्त्री महम्मद समिरले शपथ लिएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको