जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।
अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।
उनले सप्तरीका बासिन्दा बाढीको चपेटामा रहेकाले त्यसबाट बचाउन आफूले बजेट दिएको बताए । सप्तरीको सिंचाइ कार्यालयले माग गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय बमोजिम यो बजेट उपलब्ध गराइएको उनले दाबी गरे ।
तर लोसपा सांसद साहले मन्त्रीको भनाइ चित्त बुझ्दो नभएकाले बैठक अवरुद्ध गर्ने बताए । उनले यसबारे छानबिन गर्न संसदीय समिति नबनाइएसम्म बैठक अवरुद्ध गर्ने बताए । १ असारमा बजेट प्रस्तुत भएपछि प्रदेश सभा बैठक अवरुद हुँदै आएको छ







