काठमाण्डौं । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनौटदेखि समानुपातिक सूचिमा समेत सभापति शेरबहादुर देउवाले मनपरी गरेपछि डा. शेखर कोईराला पक्षले कांग्रेसमा विद्रोह गर्ने अन्तिम तयारी सुरु गरेको छ।

देउवाले आफनो ढिट नछोडेपछि नेकपा एमालेसँग आन्तरिक सहमति गरेर चुनाव लड्ने योजना बनाएको कोईराला पक्षका एक केन्द्रीय सदस्यले खुलासा गरेका छन्। समानुपातिक बन्द सूचि र उम्मेदवार छनौटमा ४० प्रतिशत हिस्सा माग गर्दै आएका कोईराला बन्दसूचिमा आफु पक्षका १० प्रतिशत पनि नेता÷कायएकर्ता नसमेटिएपछि देउवासँग क्रुद्ध छन।

यसको जानकारी पाएपछि कोईरालाले एमालेसँग मिलेर चुनाव लड्नुको विकल्प सकिएको भन्दै आफु पक्षका नेताहरुलाई बार्तामा खटाएर आफु भने निर्वाचन तयारीका लागि विराटनगर पुगेको ति नेताले बताए। जानकारी अनुसार कोईरालााले गठबन्धनको भागवण्डालाई आधार बनाएर ओलीसँग चुनावी तालमेल गर्ने प्रयास गरिरहेका छन्।

प्रतिनिधि सभातर्फको कुल १६५ सिट मध्ये गठबन्धनमा नेपाली कांग्रेसले पाएको ८५ सिट वाहेको ८० सिटलाई कोईराला पक्षले टार्गेट बनाएको छ। कांग्रेसको भागमा नपरेका ८० निर्वाचन क्षेत्र मध्ये कमसेकम ३० सिटमा एमालेले आफुलाई सघाउनु पर्ने र बाँकी ५० निर्वाचन क्षेत्रमा आफुले एमालेलाई सघाउने प्रश्ताव कोईरालाले गरेको श्रोतको दावी छ।

दुवै पार्टीका नेताबीच अहिले यही ८० सिटमा कस्ले कति लिने तथा एक अर्कालाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भईरहेको जनाईएको छ। शेखर पक्षका नेताहरुले सभापति देउवासँग आन्तरिक सहमति गर्ने पाटो सकिएको र विद्रोह निश्चित भएको बताउन थालेका छन्।

शनिवार बानेश्वरको थापागाउँमा आयोजित खबरदारी सभामा पनि नेतृत्वले न्याय नगरे विद्रोह हुने चेतावनी दिएका थिए। सभालाई संवोधन गर्दै नेता गुरुराज घिमिरेले कांग्रेस आन्तरिक रूपमा एक नभई आफनो पक्षमा निर्वाचनमा परिणाम ल्याउन नसक्ने भन्दै गठवन्धनका नेताहरुलाई पनि कांग्रेस एक नभई जित निकाल्ने सपना नदेख्न चेतावनी दिएका थिए, ‘गठबन्धनका अरू नेतालाई पनि केही कुरा भन्नु छ। नेपाली कांग्रेसबाट बढीभन्दा बढी सिट लिँदैमा र कांग्रेसबाट बढीभन्दा बढी संसदीय क्षेत्र लिँदैमा निर्वाचन क्षेत्र जित्ने ग्यारेन्टी तपाईंहरूसँग छैन।’ उनले भनेका थिए–‘हेक्का राख्नोस् बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, आफ्नो सन्देश पठाउँदैमा र घन्टौँ घण्टा बस्दैमा निर्वाचनमा मागे जति सिट पनि पाइँदैन र पाए जति सिट जितिँदैन।’

कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष  माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको नाम नै लिएर यसमा सचेत रहन उनले सुझाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर