काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ मा हुने निर्वाचन विकास र शान्तिलाई रोक्नेबीचको जनमत संग्रह भएको बताएका छन् ।

गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधरले जित्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘मंसिर ४ गते जनमत संग्रह हुदैछ । एकथरी मान्छेहरु अर्को गठबन्धन बनाएर राजालाई फेरि फिर्ता ल्याउनुपर्छ भन्नेपनि छन् ।

हामी यो संविधानको रक्षा गरेर अघि बढ्ने पक्षमा छौ । राष्ट्रलाई अघि बढाउन चाहने, शान्तिलाई अघि बढाउन चाहने,विकास र सम्मृद्धितिर देशको नेतृत्व गर्न चाहनेहरुको गठबन्धन छ भने अर्कातिर यसलाई उल्ट्याउन चाहनेको छ ।’

उनले अहिले लोकतन्त्र, शान्ति र संविधान जोगाउन यो पनि गठबन्धनलाई विजयी बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको