राजविराज । माई संचार डटकम अनलाइनका सम्पादक तथा आजको जनपुकार दैनिक पत्रिकाका सम्पादक ओमप्रकाश साहले आफ्नो छोरीको जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । उनले सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ११ स्थित रहेको श्री जनता दलित राष्ट्रिय अधारभुत विद्यालय राजपुरका विद्यार्थीहरुलाई जन्मदिनको अवसर पारेर सोमबार शैक्षिक सामाग्री वितरण गरेका छन् ।
विद्यालयमा अध्यन्रत ४५ जना छात्र र छात्राहरुलाई १६ दर्जन कपि, १ सय ५० पिस बलपेन र जमेटिक बक्स विद्यार्थीहरुलाई वितरण गरेको हो ।
जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको बताएका छन् । आफु पनि सामुदायिक विद्यालयमा अध्ययन गरेको बताउँदै उनले आफूले वितरण गरेको शैक्षिक सामाग्रीले निम्न वर्गीय विद्यार्थीहरुलाई थोरै भएपनि मलम पट्टी लाग्ने भएकाले उक्त सहयोग गरेको बताएका छन् ।
त्यसैगरी विगतका दिनहरूमा पनि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहेको र आउँदा दिनहरुमा पनि सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गर्दै आईरहेको बताए ।
विभिन्न शैक्षिक सामग्रीहरू पाएकोमा विद्यार्थीहरु निकै हर्षित भएका थिए भने विद्यालयका प्रधााध्यापक रामअशि रायले आर्थिक स्थिती निकै कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई आफ्नो जन्म दिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद दिएका थिए ।
शैक्षिक सामग्री वितरण कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छुतहरु खंगको अध्यक्षतामा आयोतिज कार्यक्रममा शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता कुमारी चौधरीको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा शिक्षा शाखा अधिकृत विदुर विक्राम थापा, श्री जनता आधारभुत विद्यालय भंगहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदशि साह, पत्रकार राम नारायण यादव र स्थानीय बासीहरुको समेत उपस्थिती रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको