काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा २७ औं दिन एक हजार करोड भारुको आँकडा पार गरेको छ ।
सोमबार फिल्मले भारतमा हिन्दी संस्करणमा १.२० करोड भारु कमाएको छ भने अन्य भाषामा पाँच लाख भारु रुपैयाँ कमाएको छ ।
यससँगै ‘पठान’ले सबै भाषालाई मिलाएर घरेलु बक्स अफिसमा करिब ५१६ करोड भारु कमाएको छ ।
गत २५ जनवरीमा रिलिज भएको पठान अहिले पनि सिनेमा हलहरुमा चलिरहेको छ।
करिब ४ वर्षपछि ठूलो पर्दामा आएका शाहरुखले आफूलाई बलिउड बादशाहको रुपमा पुनर्पुष्टि गरेको बलिउड समिक्षकहरुले बताउन थालेका छन्।
उक्त सिनेमा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost