काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ।
आर्थिक वर्ष २०८३/०८४ को लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सो प्रस्ताव समिति सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको