सिरहा । सिरहाबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको कर्जन्हा नगरपालिका–११ बाट प्रहरीले २७६ किलो गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ कर्जन्हा नगरपालिकाको कार्यालयबाट करिब ३ सय मिटर पर रहेको झाडी क्षेत्रमा खोजतलास गर्ने क्रममा ११ वटा बोरामा प्याक गरेर लुकाइ राखिएको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।
प्रहरीले गाँजा कसले र कहाँबाट ल्याएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पालले जानकारी दिए ।







