काठमाडौं । कोरोना भाइरसका १०३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२७ जनाको पीसीआर परीक्षणबाट ५० तथा १ हजार २९८ जनाको एन्टिजेन परीक्षणबाट ५३ संक्रमित थपिएका हुन् ।

यसअघि गत साताको मंगलबार मात्रै गत वर्षदेखिकै उच्च १७१ संक्रमित थपिएका थिए ।

हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट ३७५ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकामा २६ जना संस्थागत आइसोलेसनमा, ८ जना आईसीयूमा तथा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जसमा वीर अस्पतालको एचडीयूमा ७ जना आईसीयूमा २ जना तथा भेन्टिलेटरमा १ जना रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना एचडीयूमा र ४ जना आईसीयूमा रहेका छन् ।

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा जनरलमा १ जना रहेका छन् ।

उपत्यका बाहिरको विवरण भने मन्त्रालयले दिएको छैन ।

५३ जनामात्र संक्रमणमुक्त भएका छन् । खोप लगाउनेको संख्या ५४ हजार ३१६ रहेको छ । मन्त्रालयले प्रक्रिया पुगेका सबैलाई खोप लगाउन आग्रह गरिरहेको छ ।

कोरोनाबाट अहिलेसम्म १२ हजार २९ जनाको मृत्यु भइसकेको छ ।

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ ।

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन ।

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको