इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यबद्धता र संयुक्त कार्यक्रमहरू अघि बढाउनुपर्नेबारेमा छलफल भएको छ।

मंगलबार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्नेबारेमा छलफल भएको हो।

बैठकमा सुडान, लिबिया, यमन र सिरियाको द्वन्द्वलगायत क्षेत्रीय मुद्दाहरूमा छलफल भएको थियो। सो क्रममा साउदी र इजिप्टबीचको सम्बन्ध विस्तार गर्ने र अन्य अरबियन मुलुकको सम्बन्ध पनि विस्तार गर्दै जानेमा छलफल भएको बताइएको छ।

दुई मन्त्रीहरूले अरब राष्ट्रिय सुरक्षाको समाधानका लागि ‘अरब समाधान’ कार्यक्रममार्फत विभिन्न क्षेत्रीय समस्याहरूको सामना गर्न संयुक्त अरब कार्य र एकताको रूपरेखालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन्।

भेटमा प्यालेस्टाइन–इजरायली द्वन्द्वको न्यायसंगत समाधानका लागि छलफल भएको छ। बैठकमा सिरियाका विदेशमन्त्री फैसल मेकदाद पनि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको