राजविराज । जनमत पार्टीले डा. सीके राउत जितेको क्षेत्रमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलवार सप्तरीको राजविराजमा सिके राउत निर्वाचित क्षेत्र नम्बर–२ का नेता तथा कार्यकर्ताहरुलाई पार्टीका बरिष्ठ नेताहरुले प्रशिक्षण दिएका हुन ।
प्रशिक्षण कार्यक्रममा जमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई. दिपक कुमार साहले देशमा रहेका केही नेताहरूको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचार र अर्कमण्यताले असफल राष्ट्र बन्ने र देशको अस्तित्व नै समाप्त हुने ठाउँमा पुग्नलागेको बताएका छन ।
उनले देशकै शीर्षनेताहरूको संलग्नतामा भ्रष्टाचारका घटनाहरू निरन्तर बढ्दै गएको बताए । उपाध्यक्ष साहले जनताको जनसम्प्रभुता कायम गर्न र पार्टी तथा नेताहरूको बन्धक र सिन्डिकेटबाट देशलाई लाई मुक्त गराउनु पर्ने बताए ।
प्रक्षिण कार्यक्रमकमा उपाध्यक्ष साहले सांगठनिक प्रतिवेदन प्रस्तुग गर्दै देशमा तरकारी र खाद्यान्नसमेतमा भ्याट लगाएर सरकारले जनताबाट चर्को कर तथा राजस्व उठाउँदा पनि भ्रष्टाचारको कारणले कर्मचारीहरुलाई सरकारले तलव समेत खुवाउन असमर्थ रहेको बताए । उनले जनमत पार्टी नौलो गणतन्त्र समाजिक लोकतन्त्रको नारा लिएर समुदायमा होमिसकेको बताए ।
जनमत पार्टीको क्षेत्रीय ईन्चार्ज एवम् केन्द्रीय सदस्य ऋषिकेश ठाकुरको अध्यक्षतमा सम्मन प्रशिक्षण कार्यक्रममा पुर्वमन्त्री तथा प्रदेश सभासदस्य महेश प्रसाद यादव , जनमत पार्टीका नेता जयकान्त राउत , पार्टीका केन्द्रीय सदस्य सुरेनद्र मधेशी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको