राजविराज । सप्तरी क्षेत्र नम्बर–३ (ख)मा दुई वटा प्रयोजनाको शिलान्यास भएको छ । जनता समाजवादी पार्टीका नेता तथा पूर्व सांसद विदेश्वर प्रसाद यादब (बिक्की) ले मधेश प्रदेश सरकारको सहयोगमा निर्माण हुने दुई वटा प्रयोजना शिलान्यास गरेका छन । पूर्व सांसद यादबले राजगढ गाउँपालिका वडा नम्बर–६ ईनरुवामा समूदायिक भवण निर्माण र वडा नम्बर–३ नर्घोमा आरसिसि ढलानको शिलान्यास गरेका हुन । दुईवटै परियोजनाको बजेट २५÷२५ लाख रहेको पूर्व सांसद यादवको सचिवालयले जनाएको छ । विक्कीले सो क्षेत्रमामा गत वर्ष पनि प्रदेश सरकारको सहयोगमा ९ वटा प्रयोजना निर्माण गरेका थिए । विकास पुरुषको रुपमा परिचित यादब सांसद भएको बेला सो क्षेत्रका १७ वटा वडामा करिव एक अर्व बराबरको ठोस योजना निर्माण गरेका छन ।








