काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले सो कुरा बताएका हुन् ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।
जवाफ दिने क्रममा आईजीपी कुँवरले भने,‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’
आईजीपी कुँवरले सहकारी ठगी प्रकरणमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा गृहमन्त्री लामिछानेको संलग्नता नदेखिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर