राजविराज । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले नेपालको पाँच दिने भ्रमणमा विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै विभिन्न औपचारिक भेटवार्ता गरेका छन् ।
नेपालको औपचारिक भ्रमणका लागि नायर गत चैत्र २६ गते काठमाडौँ आइपुगेका हुन् ।

आफ्नो पाँच दिने भ्रमणका दौरान लेफ्टिनेन्ट जनरल नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरेका थिए । उनले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित र्‍यालीलाई सम्बोधन गरेका थिए ।

उनले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरूको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरेका थिए । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्ध रहने कुरा जिकिर ।

भ्रमणका दौरान नायरले काठमाडौँस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरे । त्यस्तै नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग पनि उनले शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यावसायिक भूमिकाको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको