ललिता साह
राजविराज । दिपावली नजिकिएसँगै राजविराज – ९ की असिया सदाको तीन दशक पुरानो माटोका दुईहाना घरका भित्ताहरू , ऑगन र दैलोहरू नयाँ भएर टल्किन थाल्छन । बल्की घरमा एक छाक खाने सिदा ( एक पटक खान परिवारलाई पुग्ने जति पकाउने चामल ) नभए चल्छ तर दिपावलीमा घर आगन चिटिक्कै राख्नूपर्ने असियाको बुझाई छ ।
छोरी संगीताले गाउँकै अन्य सहपाठीहरूसँग एक महिना अगावै देखि खोलाबाट रातोमाटो , पोखरीबाट गिलो माटो ल्याएर जम्मा पारेका छन् । फुसको घर बर्षे पिच्छे हरेक वर्षामा भत्किने ‘ भित्ताहरू धस्किने , खम्बाहरू मक्किने तथा माटोहरु झर्नै लागेको हुन्छ । ती सबै टाल्छौ । तीन रंगको माटोले भित्ताहरू रंगाउँछौ । दीपावली आउने लागेपछि अर्को वर्षा नलागुन्जेल एक वर्षलाई घर मर्मत गर्ने परम्परा नै रहँदै आएको असियाले भनिन ।
दशैलाई पूजापाठको पर्व मानिन्छ भने दिपावलीलाई चौतर्फी वातावरण सफा सुग्धर गरी बर्षभरिको लागि लक्ष्मी भित्र्याउने शुभ पर्वको रुपमा लिने गरिन्छ । त्यसैले मेरो अरु भन्दा आकर्षक देखिनुपर्छ भनि प्रतिस्धात्मक तवरले तराई मधेशको ग्रामिण वस्तीमा रहेको माटोको घरहरू महिना दिन अगावैदेखि लिपापोती शुरु हुन्छ । दिपावलीकै बेला गरिने माटाका घरहरु रंगाउने , नयाँ चुल्हो बनाउने , ऑगनमा माटोको लेप लगाउने लगायतका सम्पूर्ण काम महिलाहरुले गर्ने परम्परा रहँदै आएको छ । अचेल मधेसका भित्री गाउँहरुमा जाँदा प्राय : सबै बस्तीका महिलाहरु यस्तै काममा व्यस्त भएको पाउछौं । विष्णुपूर सदा वस्तीका अगुवा महिला रिता देवी सदाले सुनाइन ।
माटोकै झुपडी भएपनि सफा , सुग्धर र उज्यालो ठाउँमा लक्ष्मीको आगमन हुने हाम्रो हजुरआमाले सुनाउने गरेको धार्मिक कथाहरुमा आफूले सुनेको विष्णुपुर – ६का क शान्ति सदा बताउछिन। सहरबजारमा ठूला पक्की घरहरुलाई सजाउन धेरै खर्च गरिन्छ तर हामी गाउँघरका महिलाहरुले हाम्रो माटोकै घर सुन्दर र नयाँ देखिनेगरी घरलाई प्रत्येक दिपावलीमा अनिवार्य लिपपोत गर्छौ ।