ललिता साह
मुम्बई । अरब सागरको पूर्व –पश्चिमी तटमा बसाइएको एक अद्भूत तथा विश्वकै निम्ति अनुकरणीय शहर हो मुम्बई । यहाँ अनेक दृष्टिले संसारका अन्नगिन्ती सम्भावना र ती सम्भावनाको मृर्तरूप देख्न पाईन्छ ।
भारतको एउटा प्रान्त महाराष्ट्रको राजधानी मुम्बई शहरको स्थापना इसवी १५०७ मा भएको हो । पुरानो सभ्यताको इतिहास बोकेको यो शहरलाई भारतको मैनहटन अर्थात सबभन्दा व्यवस्थित शहरको रूपमा चिनिन्छ । प्राकृतिक रूपमा तारैतिर फैलिएको समुद्र अर्कोतिर समृद्री तट हुँदै शहरभरी लोभलाग्दो तीन तल्ले सडक माथिबाट मेट्रो लेन , अत्याधुनिक सुरुङ्ग मार्ग, सडक क्षेऊको बती \पुल \ सजावट, गगनचुम्बी महल लगायत कृतिम संरचना र त्यसमा जडित अनौठा लाइटहरुले शहरको सुन्दरतामा जस्तो चारचाँद लगाइ दिएको छ। जसरी नेपालको विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत दर्जनौ हिमश्रृङखला ,पर्वत पडाड ,चारकोसे झाडी, तराईको खेतमा सुन झै झुलेका धानको वालाले दुनियालाई आकर्षित गर्छ । ठिक त्यस्तै मुम्बईको समुद्री तटमा उठने छालको बाहिरी परतले ओठमा सेतो लिपिस्टिक लगाएर कुनै सुन्दरीले झै यी समुद्री तटीय शहरको सुन्दरताले प्रति सेकेण्ड हजारौ –हजार पर्यटकलाई लोभ्याइ रहन्छ ।यहाँ विविधतापूर्ण संस्कृतिका साथै धेरै आकर्षक पर्यटकीय स्थलहरूको लागि प्रसिद्ध छ। यहाँका सुन्दरताका केही धरोहर मध्ये गेटवे अफ इन्डिया ,मरिन ड्राइभ ’वल्र्ड वन, बैक वे ,ताजमहल प्यालेस एण्ड टावर, क्षत्रप्रति शिवाजी टर्मिनल , बान्द्रा वर्ली समुद्र सेतु, जुहूबीच, सिद्धी विनायक, मुम्बादेवी , इसकन मन्दिर लगायत प्रमुख हुन ।


हामी जब क्षत्रपति शिवाजी अन्तराष्ट्रिय हवाई अडा हुँदै मान्छेको जनजिब्रोमा झुण्डिएको माया नगरी मुम्बई प्रवेशको दृश्य चित्रण गरिरहँदा हराभरा सडक किनारा, सुन्दर संरचना , ऐतिहासिक सजावट \कलात्मक स्तम्भ । फिल्मी शैलीमा राजनैतिक \ नेताको प्रचार पोष्टरको व्यवस्थित र आकर्षक तवरले सजावट गरेको पायौं ।मुम्बई महानगरले नागरिकको निजी जमिनमा भएको रुख काट्न पनि नपाइने निति बनाएकोले मुख्य बजारमा समेत प्रसस्त रुख देख्न पाइन्छ । उक्त नितिकै कारण शहरको जीवनमा सकारात्मक वातावरणीय प्रभाव छ । भौतिक \आर्थिक लगायत अनेकौ तवरले विकास र समृद्धिको उदगम उचाइ तय गरिरहेका मुम्बई शहर सरसफाईको दृष्टिकोणले पनि अगाडी छ ।यहाँका मानिसहरू राज्यभाषाको रूपमा मराठी \कोंकणी बोलिन्छ । दैनिक लगभग साढे तीन करोड जनसंख्या चलायमान रहेको मुम्बईमा संसारकै धनि उद्योगी \ व्यापारी, फिल्मी स्टार , खेल जगतका हस्तीहरु , विश्व चर्चित नेता , कलाकार लगायतका व्यक्तिहरुको बस्ने रोजाईको शहर हो ।
सार्वजनिक ठाउँमा थुकेको नि जरिवाना तिराउने मुम्बई महानगरमा किशोरवस्थाका वालबालिकादेखि बहुसंख्यक युवाहरु दुव्र्यसनी र कुलतमा फस्दै गएको डरलाग्दो अवस्था छ ।


सामाजिक संजाल, फिल्म उद्योगले प्रदान गरेको चकाचौनको जीवनशैलीको प्रभाव, व्यवसायिकता÷अभिभावकको व्यस्त दिनचर्या लगायतको कारण किशोर किशोरी तथा युवामा कूलत \ दुव्र्यसनीको फैलिदो समस्याप्रति त्यहाँको सरकारले नशामुक्ती जस्ता विभिन्न सामाजिक अभियान थालिए पनि समस्या समाधानमा गर्न चुनौति देखिन्छ ।
मुम्बई बन्दरगाह भारतको सबभन्दा सहज तथा विशाल सामुद्रिक बन्दरगाह हो । मुम्बईसँग युरोप, अमेरिका, अफ्रिका आदि पश्चिमी देशहरूसँग जलमार्ग ,हवाई मार्ग र समुद्री जहाज यात्री तथा पर्यटक सबैभन्दा पहिले मुम्बई नै आउने गर्छन् यसकारण मुम्बईलाई भारतको प्रवेशद्वार पनि भन्ने गरिन्छ ।भारतको प्राय जसो सबै बैङ्क तथा व्यापारिक कार्यालयहरूको मुख्यालय मुम्बईमा संचालित छन् ।


भारतीय रिजर्भ बैङ्क, बम्बई स्टक एक्स्चेञ्ज, नेशनल स्टक एक्स्चेञ्ज तथा अनेकौ भारतीय कम्पनीहरूको केन्द्रिय कार्यालय, देशको महत्त्वपूर्ण आर्थिक संस्थान तथा बहुराष्ट्रिय कम्पनीहरू,दूरदर्शन उद्योग यी सबै मुम्बईमा अवस्थित छ । यसर्थ ः संचालित छन। भारतको हिन्दी चलचित्र जुन बलिउडको नामले विश्वप्रसिद्ध छ। संसारभरका कलाकर्मी ÷ रंगकर्मी बलिउडमा प्रवेशको लागि लालायित हुन्छ । नेपालको मनिषा कोइराला , उदित नारायण झा, महिमा चौधरी, सुनिल थापा लगायत दर्जनौ नेपाली कलाकारले भारतको फिल्म उद्योगमा आफ्नो जीवन सुम्पेर योगदान गरेका छन् ।नेपाली प्रतिभाहरुलाई स्टार बनाउन नेपालसँग बलिउडको निरन्तर सहकार्य छ ।

मुम्बईलाई भारतको आर्थिक राजधानी भनिएको हो । यसका अलावा मुम्बईमा टाटा क्यापिटल पुरानो व्यापारिक हव हो भन्ने पनवेल एरियालाई यहाँको सरकारले पछिल्लो समय ठूलो सरकारी लगानीमा व्यापारिक केन्द्रको रूपमा विकास थालिएका छन । बहुआयामिक व्यापारको विशेषता बोकेको यो शहर देशको उत्कृष्ट र विश्वको प्रमुख१० मध्येको एक वाणिज्यिक केन्द्रमा गणना हुन्छ । मुम्बई सुती कपडा /कटन उत्पादनको संसारकै प्रमुख हव हो। अनि त मुम्बई मात्रले भारतको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ५ प्रतिशत भन्दा बढीको योगदान गर्दछ । यहाँको कूल ग्राहस्थ आय (जिडीआई) समेत उच्चतम रहेकोले मुम्बईबासीको जीवनशैली देशको अन्य सबै स्टेटको नागरिक भन्दा लोभलाग्दो छ ।
देश संघीयतामा गइसक्दा पनि नेपालले आर्थिक प्रशासनिक लगायतका बहुआयामिक पाटोहरूलाई विकेन्द्रीकरण गर्न सकेको छैन। पौराणिक, धार्मिक इतिहास /सभ्यताले सुसज्जित बोकेको काठमाडौँ जनकपुर जस्ता शहरहरूलाई थेग्नै नसक्ने गरी निर्मित प्रशासनिक संरचनाले पुरातात्विक महत्वका संरचनाहरु ध्वस्त बनाइँदैछ। हाम्रो देशको अमूल्य सम्पति , सुन्दरता मासिदै गएको छ । छिमेकी मुलुकको राज्य सञ्चालनका सुन्दर व्यवस्थापकिय निती र प्रशासकहरूको लोभ लाग्दा व्यवस्थापन नेपालको निम्ती पनि अनुकरणीय पाटो हो ।आर्थिक, शैक्षिक,प्रशासनिक, वातावरणीय र सौन्दर्यताको हिसाबले समेत अगाडि रहेको भारतको मुम्बई, गोवा, लखनऊ, गुजरात जस्ता सुन्दर र व्यवस्थित सहरहरूबाट राज्य संचालनका यी सबैसबै पाटो हाम्रो देशले सिक्नै पर्ने देखिन्छ।यसले देशको मौलिक ,ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरलाई जोगाउँछ । हाम्रो आफ्नै पहिचान कायम रहे विश्वसामु नेपाल सधैं अनुपम सुन्दर देशकै रुपमा चिनिरहन मद्दत पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
23
0
1
0
1
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको