राजविराज । सोसाइटी वेलफेयर मिशन बहुउदेश्य सहकारी संस्था लिमिटेड बिष्णुपरको प्रथम अधिबेशनबाट रामअधिन साह पुनः निर्विरोध निर्वाचित भएका छन । सहकारीको शनिवार भएको प्रथम अधिबेशन बाट उपाध्यक्षमा बन्दना प्याकुरेल,सचिबमा मुकेश राय,कोषध्यक्षमा रेणु देबी राय निर्बिरोध निर्बाचित भएको हो
यस्तै सदस्यहरूमा बिष्णुदेव साह, कारी यादव,विना देबी राय,अनिता देबी राय आमत र कमलबती देबी राय निर्बाचित भएका छन भने ऋण समिति संयोजकमा शिवनन्दन यादव र लेखा समिति संयोजकमा रिंकु देबी राय निर्बिरोध निर्बाचित भएको वेलफेयर मिशन बहुउदेश्य सहकारी संस्थाले जनाएको छ । कार्यक्रममा बिष्णुपुर गाउँपालिका अध्यक्ष उमेश कुमार यादबले संस्थाको कार्यालय संचालनको लागि १ लाख रुपैया अनुदान घोषना गरेको छन ।
उनले अधिवेशन कार्यक्रममा बोल्दै महिलामैत्रि कार्यक्रमहरु सहकारीको माध्यवाट अगाडि बढाउने बताए । गाउँपालिका कृषि अधिकृत सन्त कुमर मंडलले यस संस्थामा भएको लागानाीको प्रशंशा गर्दै कृषि कार्यक्रमहरु पनि यस संस्थालाई उपलब्ध गाउन गाउँपालिकामा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कायक्रममा वडा सदस्य बिरेन्द्र ठाकुुर र रंजना कुुमारी रायले सहकारी उत्थानका लागि सबै सदीयहरु सक्रियता बढाउन शुुभकाना दिएका थिए ।
२०७८ सालमा ३० जनाको तीस हजारको शेयर लगानीबाट सुरु भएको सहकारी संस्था २०८१ साल माघ मसानत सम्म १४ लाख शेयर बचत तथा ३ लाख ७९ हजार बचत रकम सहित १७ लाख ७९ हजार पुुर्याएको छ ।







