
राजविराज । वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ ।
कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ।
गए राति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो। रातिदेखि नै वर्षा कम भएसँगै सो नदीमा पानीको बहाव घट्दो क्रममा रहेको छ ।
अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका छ । आइतबार विहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो।