काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सोमबार पहिलो खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनले पराजित गरेको छ ।
सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याउने क्रममा इटाली १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३४ रनमा समेटिएको हो ।
इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रन बनाए । ३१ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, ह्यारी मनेन्टीले २५ बलमा ३७ रन जोडे । यस क्रममा उनले १ चौका र तीन छक्का प्रहार गरे ।
जेजे स्मट्सले २२ र एन्टोनी मोस्काले १३ रन जोड्नुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।स्कटल्याण्डका माइकल लिस्कले चार विकेट लिए । त्यस्तै, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन, ब्राड ह्वेल र ब्राड क्युरीले समान एक विकेट लिए ।
यस्तै स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले सर्वाधिक ८४ रन बनाए । ५४ बल खेलेका मुन्सीले १३ चौका र दुई छक्का प्रहार गरे ।
अविजीत रहेका ब्रान्डन म्याकमुलेनले ४१ रन जोडे । १८ बल खेलेका उनले चार छक्का प्रहार गरे ।
ओपनर माइकल जोन्सले ३७ रन बनाए । कप्तान रिची बेरिङटनले १५ र अविजीत रहेका माइकल लिस्कले २२ रन बनाए ।
इटालीका अलि हसन, थोमस ड्राका, ग्रान्ट स्टेवर्ट र जेजे स्मत्सले समान एक विकेट लिए । यो जितसँगै समूह ‘सी’ मा रहेको स्कटल्यान्डले प्रतियोगितामा दुई अंक जोडेको छ ।
अब दोस्रो खेल दिउँसो ३ः१५ बजे श्रीलंकाको कोलम्बोमा हुनेछ, जहाँ जिम्बाब्वे र ओमान प्रतिस्पर्धा गर्दैछन्।
आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा सुरु हुनेछ। यस खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको