काठमाडौं । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको बर्खास्तीपछि बिहीबार दिउँसो नै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविभाजन हेरफेर गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले रास्वपाको सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाएका थिए।

साहको बर्खास्तीपछि प्रधानमन्त्री बालेनले सोको सूचना राष्ट्रपति कार्यालय पठाएका थिए ।
त्यसपछि राष्ट्रपति पौडेलले कार्यविभाजन हेरफेर गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अब प्रधानमन्त्री बालेनसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी कायम भएको छ ।

अन्य १३ जना मन्त्रीहरु भने पुरानै जिम्मेवारीमा यथावत् छन् ।

1.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको