काठमाडौं । प्रहरीले ठेकदार रमेश शर्मालाई पक्राउ गरेको छ। ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्मा पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। पक्राउ गरी उनलाई सहरी विकास मन्त्रालयमा बुझाइएको प्रहरीले जनाएको छ।
सो कम्पनीले दर्जनौ सरकारी ठेक्का हात पारेको छ। कर्मचारीसँग मिलेर ठेक्का हत्याउने तर समयमा काम नगर्ने प्रवृत्तिका कारण कम्पनी बदनाम छ। सो कम्पनीले सबैजसो ठेक्का सेटिङमा हत्याउँदै आएको थियो।
हालै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी सर्भर नै ह्याक गरेर ठेक्का हत्याउने ठेकदारशरूलाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेको छ। यसमा शर्मा पनि तानिने सम्भावना छ।







