काठमाडौं । आजबाट संघीय संसदको दुवै सदनको अधिवेशन सुरु भएको छ ।

आज अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा सम्बोधन गर्नेछन् ।

त्यसअघि बसेको प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएका छन् ।

सरकारले अध्यादेश ल्याएको, सुकुमबासी बस्तीमा डोजर चलाएको लगायतका विषयमा असन्तुष्ट विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले आफूले आकस्मिक समयमा बोल्न दिने भन्दै आग्रह गरेपछि अहिले बैठक अघि बढेको छ ।

यद्यपी अर्यालले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न समय दिएका थिए।

उनले अध्यादेशदेखि सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएको विषयमा आपत्ति जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको