राजविराज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सप्तरी जिल्लाको राजविराज नगरपालिका क्षेत्रमा देखिएको जग्गा दर्ता सम्बन्धी समस्या समाधानका लागि ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ।

मन्त्रालयका अनुसार उपसचिव नरेन्द्र पौडेलको संयोजकत्वमा गठित समितिमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक खिमानन्द आचार्य, नापी विभागका प्रमुख नापी अधिकृत दिनेश काफ्ले लगायत सदस्य रहेका छन्।

समितिलाई राजविराज क्षेत्रमा देखिएका जग्गा दर्ता सम्बन्धी समस्याको स्थलगत अध्ययन गरी समस्या पहिचान, दीर्घकालीन समाधानका उपाय तथा कार्ययोजना सहितको प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार समितिले सम्बन्धित सरोकारवाला निकाय, स्थानीय तह, प्राविधिक तथा प्रभावित पक्षसँग आवश्यक परामर्श गरी अध्ययन गर्नेछ। समितिलाई गठन भएको मितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन मन्त्रालयमा पेस गर्न समयसीमा तोकिएको छ।

राजविराज क्षेत्रमा लामो समयदेखि देखिँदै आएको जग्गा दर्ता तथा स्वामित्व सम्बन्धी जटिलताको समाधान खोज्ने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिको प्रतिवेदनका आधारमा आवश्यक नीतिगत तथा प्रशासनिक निर्णय अघि बढाइने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको