कञ्चनपुर। सीमा क्षेत्रमा देखिएका विभिन्न समस्याबारे नेपाल(भारतबीच द्विपक्षीय छलफल जारी छ ।

द्विपक्षीय सीमा सुरक्षा बैठकका लागि भारतको उत्तराखण्ड र उत्तर प्रदेशका सीमा सुरक्षा अधिकारीहरूको टोली कञ्चनपुरस्थित गड्डाचौकी नाका हुँदै आज नेपाल प्रवेश गरेको थियो ।

दुवै देशका उच्च अधिकारीहरूबीच अहिले कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेरामा सीमा सम्बन्धी विषयमा छलफल भइरहेको छ ।

नेपाल–भारत द्विपक्षीय सीमा सुरक्षा बैठकमा दुवै देशका प्रशासनिक तह र सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता छन् ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विभिन्न समस्या, सीमा विवाद, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन, लागुऔषध ओसारपसार तथा सीमापार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको