राजविराज – नेपाल सरकार अर्थ मन्त्रालयको २२  जना कर्मचारीहरुलाई भारत सरकारले Perspectives on Public Financial Management’ विषयको तालिम भारतको नयाँ दिल्लीमा  दिईरहेको छ ।

२० फागुन देखी  ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ -INGAF_ मा सञ्चालन भइरहेको तालिम नेपालका  दोस्रो समूहका कर्मचारिहरुको सहभागिता रहेको छ ।

उक्त तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’  -ITEC_ अन्तर्गत सञ्चालन भइरहेको छ ।

कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने यस विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको जनाईएको छ  ।

यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्नेछ ।

यस अघि ४० नेपाली कर्मचारीहरुले (दुई टोलीका २०–२०) जनालाई सहभागि गराई  १० दिने तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए ।

INGAF  भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था Institution of Internal Auditors (IAA) Florida, Atlanta School of Public Policy, Duke University, Management Development Institute (MDI) Guragaon, Indian Institute of Management, Bengaluru  आदि जस्ता प्रमुख संस्थाहरु सँग आबद्ध छ ।

INGAF संसार भरका विकासशील मित्र राष्ट्रका कर्मचारीहरुललाई ITEC कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्था हो

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको