जनकपुरधाम – भारतीय राजदूत मंजिभ सिंह पुरीले रेल निर्माणको कामको प्रगतिको अवस्था निरीक्षण गर्नका लागि ट्रली चढेर यात्रा गरेका छन् ।
शनिवार जनकपुरधाम गएका भारतीय राजदुत पुरी अचानक रेल्वे स्टेसन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न पुगेका हुन । पुरी र उनको टोली दुई वटा ट्रलीमा चढेर २९ किलोमिटर दुरीसम्मको निरीक्षण गर्न गएको हो ।
नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज बिनोद कुमार ओझाका अनुसार भारतीय राजदुत पुरी जनकपुर आएर रेल्वे स्टेसन निरिक्षन गरेको जानकारी दिए ।
नेपालमा भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिबाससम्म भइरहेको रेल निर्माण कामको जिम्मेवारी भारत सरकारले लिएको हो । भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भरहेको छ ।
पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालनमा ल्याउने तयारी भएको हो ।
‘अहिले भारतीय पक्षद्वारा भइरहेको निर्माण कार्य दु्रत गतिमा भईरहेको छ, साइट कार्यालय प्रमुख ओझाले भने, रेल्वे स्टेसनमा अहिले लाइट जडान गर्ने काम हुँदैछ स्टेसनमा रङ रोगन ,शौचालय निर्माणको काम बाँकी छ ।
रेल इन्जिन र बोग्गी किन्ने कामका लागि नेपाल सरकारले प्रक्रिया अगाडि बढाएको भएपनि हालसम्म रेल किनिएको छैन । रेल किनेपछि मात्र रेल सेवा सञ्चालनमा आउनेछ ।







