राजविराज – भारतको रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यासको लागि जानकी मन्दिर जनकपुरको माटो पठाइने तयारी भइरहेको छ । रामजन्मभूमि अयोध्यामा ५ अगस्त हुने मन्दिरको शिलान्यासमा माता जानकी मन्दिर जनकपुरको माटो पठाउने राष्ट्रिय एकता अभियानका संयोजक विनय यालबले जानकारी दिए । अभियान संग जोरिएको व्यक्तिहरुले जनकपुर स्थित जानकी मन्दिरबाट माटो समेत लिइसकेको छ ।
अभियान का सदस्य मनीष हिन्दूको नेतृत्वमा लिएको माटो काठमाडौँ पशुपतिनाथमा पूजा अर्चना गरी अयोध्याको लागी पठाइने तयारी भईरहेको बताईएको छ ।







