कोरोना महामारी संगै भाइरल भएका विश्वरूप रोय चौधरी  झुठा सर्टिफिकेटको आधारमा स्थापित भएका डाक्टर हुन् भन्दै सनसनीपूर्ण अन्तर्वार्ता दिएका विश्लेषक सुरजीत दत्तबारे बिभिन्न टिका टिप्पणी आएका छन् ।  यस लेखमा हामीले भेटेको सबै सबुत प्रस्तुत गर्दै छौं।

प्रारम्भ गरौँ उनको शिक्षा बाट।

२२ बर्षको उमेरमा उनले पन्जाब विश्वविद्यालयबाट ब्याचेलर इन प्रोडक्सन इन्जिनियर पास गरेका हुन्। यस बाट उनको स्वास्थ्य सम्बन्धि कुनै पनि आधारभूत शिक्षा नरहेको पुष्टि हुन आउँछ। उनले आफ्नो वेबसाइट भरि राखेको प्रमाण पत्र सबै अनलाइन कोर्सको हुन्।  कुनै डिग्री गरेका छैनन्।  सो कोर्सहरु जो कोहिले पनि अनलाइनमा केहि घण्टा वा केहि दिन पढेर त्यसमा दिइएको होमवर्क बुझाएर पास गर्न सकिन्छ।  मुलभूत रूपमा ती कोर्स, सुचना र जानकारीको स्तर सम्म मात्र काम लाग्ने हुन् , उपचार र औषधि सम्बन्धि काम गर्न मान्यता प्राप्त हुँदैन । उनि औषधि विज्ञानको क्षेत्रबाट डाक्टर होइनन्।  किनेको पिएचडी को आधारले उनले आफुलाई डाक्टर घोषणा गरेका हुन्।

इंडियामा बिभिन्न विश्वविद्यालय रहेता पनि उनि अफ्रिकाको जाम्बिया अवस्थित ‘अलाइन्स अन्तर्राष्ट्रिय विश्वविद्यालय’ बाट बिध्याबारिधिको प्रमाण पत्र लिएका छन्।  सो प्रमाणपत्र सम्मानार्थ (होनोरेरि) हो अर्थात प्रधानमंत्री केपी शर्मा ओली, अमिताभ बचन, शारुख खान आदिले पढ्दै नपढी प्राप्त गरेको सम्मानार्थ प्रमाणपत्र सरह हो। इञ्जिनियरिङ्गको अध्ययन गरेका चौधरीले थुप्रै अनलाइन कोर्सको प्रमाणपत्र जुटाएर जाम्बियाको बदनाम विश्वविद्यालयबाट प्राप्त गरेको प्रमाण पत्रको आधारमा आफुलाई  स्वयम् ले डाक्टर घोषणा गरेर उपचार गर्दै हिडेका छन्।

जाम्बिया डेली मेल नामक जाम्बियाको राष्ट्रिय पत्रिकाको ५ अप्रिल २०१८मा छापिएको समाचार अनुसार अलाइन्स अन्तर्राष्ट्रिय विश्वविद्यालय डिरजिस्टर गरिएको उल्लेख गरिएको छ।  अर्थात जाम्बियाको उच्च शिक्षा आयोगले सो विश्वविद्यालयलाई अमान्य घोषित गरेको छ। अलाइन्स अन्तर्राष्ट्रिय विश्वविद्यालय क्रिस्टियन मिसिनरिद्वारा क्रिस्टियन गतिविधिको लागि संचालित कलेज रहेको कुरा सो  विश्वविद्यालयको  उद्देस्य र ध्येयमा प्रष्ट देख्न सकिन्छ।सो कलेजले अफर लगाएर पिएचडि प्रमाण पत्र बेच्ने गरेको कुरा पनि तस्बीर १ बाट पुष्टि हुन आउँछ।

उनले उल्लेख गर्ने आफ्नो प्रकाशित जर्नलहरु पनि झुठा (प्रिडेटरि जर्नल) हुन्।  अनलाइनमा थुप्रै पेजमा एस्तो छाप्ने व्यवस्था छन्।  अनुसन्धान मुलक जर्नलको आधिकारिक पेजमा उनको नाम न भेटिनुले उनको जर्नल पनि झुठा रहेको पुष्टि हुन्छ। जर्नल बारे आधिकारिकता दिइएको लिंकमा गएर पुष्टि गर्न सकिन्छ।

https://www.academia.edu/36039047/Bealls_List_of_Predatory_Journals

https://predatoryjournals.com/journals/

http://darman.tums.ac.ir/Content/media/filepool3/2018/6/2042.pdf

उनको जर्नल संबद्धन गर्ने ‘ओमिक्स ग्रुप’ नामक संस्था थुप्रै झुठा कुरालाई बैज्ञानिक पुष्टि गर्ने मुद्दा साबित भएर २०१९मा ३८,३ मिलियन पाउण्ड जरिवानामा परेको खबर रोयल सोसाइटी अफ केमिस्ट्रीको वेबसाइटमा ५ अप्रिल २०१९ मा छापिएको छ।

उनि न नै कुनै पोषण बिज्ञानको बिद्यार्थी हुन् न नै डाक्टर उनि मिसिनरि गतिविधि गर्नको लागि परिचालित ठग रहेछन्।  विश्लेषक सुरजीत दत्तले विश्वरूपको सर्टिफिकेटको आधिकारिकता र कार्यक्षेत्र बारे ‘अलाइन्स अन्तर्राष्ट्रिय विश्वविद्यालय’संग बुझ्दा सो विश्वविद्यालयले पनि उनको सर्टिफिकेटले उपचार गर्न मिल्दैन, विश्वरूप झुठा हुन् भन्ने कुरा लेखेर सुरजीत दत्तलाई इमेल संवादमा बताएका छन् । तस्बीर मा इमेलको  स्क्रिनसट छ।

No description available.

 

विश्व रुप बिभिन्न मिसिनरि संस्था संग सम्बन्धित रहेका र उनले धर्म परिवर्तन गर्नको लागि भित्र भित्र काम गरेका कुरा पनि विश्लेषक दत्तले अशोज ४ २०७७ मा ‘एपी नियुज यात्रा’ नामक च्यानलको अन्तरवार्तामा उजागर गरेका छन्। विश्वरूपले चाइनिज पद्धतिको अनलाइनमा निशुल्क भेट्न सकिने खाना योजना (फूड प्लान) ३ दिन खाना खाने, ७

दिन खाना खाने आदि योजना तयार पार्दीए बापत आफ्ना ग्राहकहरु संग महँगो शुल्क उठाउने गरेको कुरा पनि खुल्नमा आएको छ।

 

उनले ‘स्मरण शक्तिमा’ ‘पुसअपमा’ र  ‘सबैभन्दा धेरै भाषामा अनुवादित पुस्तकका लेखक’ को  गिनिज बुक अफ रेकर्डमा सुचिकृत रहेको नक्कली सर्टिफिकेट बनाएर आफुलाई प्रचार गरेका छन्।  उनको सो रेकर्ड गिनिज बुकको डाटाबेसमा  पनि भेटिन्न।

No description available.

No description available.

उनले कोभिड-१९ र अन्य सासप्रस्वास रोग सम्बन्धि दिने गरेको ‘प्रशिक्षक तालिम’ को तालिम सम्बद्धन गर्ने श्रीधर विश्वविद्यालय पनि थुप्रै चोटी नक्कली सर्टिफिकेटको काण्डमा नाम आइ राख्ने संस्था रहेछ।  सो संस्थाको जाली सर्टिफिकेटको सयौं केसहरु रहेछन्, जसमध्ये केहि सर्टिफिकेट सो संस्थाले नै बेचेको र अन्य अन्तै तयार गरेको खुल्नमा आएको छ।  यस्तो बदनाम संस्था संग नै किन विश्वरूपले आफ्नो तालिमको प्रमाणपत्र सम्बद्धन गराउन रोजेका होलान् ?

 

उनले बुक अफ रेकर्ड भन्ने धन्दा पनि चलाएका छन्,जस बाट उनले पिएचडीको डिग्री बेच्छन।  उनले नेपाल, इंडिया, बंगलादेश, भिएतनाम, चाइना, लगायत मलेशियामा आफ्नो नक्कली युनिभर्सिटिको सम्बद्धन भन्ने कुरा वेबसाइटमा उल्लेख गरेका छन्।  वर्ल्ड रेकर्ड युनिभर्सिटी लण्डनमा अवस्थित छ भनेर दिइएको ठेगानामा १० ओटा अफिस रहेछन जसमा वर्ल्ड रेकर्ड युनिभर्सिटीको नाम निसान छैन।।  यसलाई के सोच्ने ? फेरी इंगलैंडको औपाचारिक सरकारी दर्ता भएका युनिभर्सिटीको सुचिमा सो नामको युनिभर्सिटी  पनि छैन।  तर विश्वरूपको वेबसाइटमा दर्ता नम्बर सहित लेखेको छन्, जुन नक्कली हो ।  यस्तो गैरकानुनी गतिविधि  किन एक डाक्टरले गर्न पर्यो ?? नेटवर्किंग गरेर अस्तित्वमै नरहेको विश्वविद्यालयबाट नक्कली पिएचडी बेचेर के गर्दैछन् विश्वरूप ? ? उनको संस्थाबाट  पिएचडी लिग्दा शुल्क बुझाउन पर्ने प्राबधान राखिएको छ।

No description available.

 

उनले प्राकृतिक उपचार पद्धतिलाई प्रवर्धन गरेको कुरा प्रति हामी उनको सम्मान गर्छौं, तर यसलाई ठगि खाने भाडो बनाएर, मिसिनरिको गतिविधिमा फाइदा हुने काम गरेको र नक्कली सर्टिफिकेटको सहाराले आफुलाई प्रतिष्ठित गर्ने ठगि प्रवृत्तिको हामी बिरोध गर्छौं।

 

अहिले संसार भरि क्रिस्टियन मिसिनरिको रेकर्ड बुक भन्ने धन्दा चलेको छ।  यसको माध्यमले बिभिन्न सर्टिफिकेट दिने र कसैलाई सेलिब्रिटी बनाएर प्रयोग गर्ने उनिहरुको प्रबृत्ति प्रष्ट देखिन्छ ।

जाँदा जाँदै…….

तीन बर्ष अघि नै आफुले मेडिकल माफिया र फर्मासिउटिकलको कालो करतूतको पर्दाफास गरेता पनि त्यस बारे कोहि नेपालीलाई मतलव भएन।  तर अहिले विश्वरूपले त्यस्तै मुद्दमा बोल्दा हामी नेपाली त्यत्रो खराब र गैर कानुनि गतिविधिमा सम्बन्धित रहेका विश्वरूपलाई देवत्त्वकरण गर्न लाग्ने वा  खोजि गरी सत्य तथ्य पता लगाउने ??  भन्ने प्रश्न सुरजीत दत्तको रहेको छ।

 

एमसिसिको आवश्यकता सम्बन्धि राष्ट्रिय टेलिभिजनमा पुर्व कानुनमंत्री शेर बहादुर तामाङ्गसंगको बहसमा ‘सोफा’ र ‘एक्सा’ नामक अमेरिकी शैन्य शन्धि/गतिविधि  बारे उजागर गर्ने पहिलो व्यक्ति दत्त नै थिए।  हरेक राष्ट्रिय र अन्तराष्ट्रिय मुद्दामा गहन अध्ययन र अनुसन्धान पश्चात मात्र आफ्नो बिचार राख्ने दत्तको, विश्वरूप सम्बन्धिको दावा पनि पुष्टि भएको छ।

अब केवल एउटा आशंका छ।

विश्वरूप बिरुद्ध यतिका ठगि प्रमाणहरु भएता पनि उनलाई कारबाही किन नभएको होला ? हाम्रो अनुमान अनुसार उनि क्रिस्टियन मिसिनरिले स्थापित गराएइएका एक मोहोरा हुन्। उनको पहुँच ठुलो छ। इंडियाको हिन्दुत्त्व बिरोधि मदर टेरेसा फाउन्डेसनले इनलाई आगामी चुनावको लागि तयार गराउंदै छ भन्ने कुरा पनि सुन्नमा आएको छ।

हाम्रो खोजि जारि छ।  अन्य केहि उजागर हुँदा साथ् फेरी भेट्ने छौं।

 

सुरजित दत्त : सामाजिक अभियान्ता एवं विश्लेषक हुन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको