काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणदेखि जनता समाजवादी पार्टी जसपासम्म आइपुग्दा बालुवाको घर बनाए जस्तो भएको टिप्पणी गरेका छन् ।  जसपा पार्टी विभाजनको सङ्घारमा पुगेको स्वीकार गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।

डा. भट्टराईले  २०७३ सालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा नयाँ शक्तिको स्थापना गरे पनि अहिले बाटो बिराएर लक्ष्यविहीन अवस्थामा पुगेको बताए ।

उनले भने,’ हामी कता कता लडखडाइरहेजस्तो, बाटो बिराए जस्तो, लक्ष्यविहीन भएजस्तो अवस्थामा हामी सबै छौँ । म पनि बेलाबेलामा झसङ्ग झसङ्ग भएर ब्यूझिन्छु । हामी कुन यात्रामा हिँडेका थियौँ, कहाँ जाँदै थियौँ, जुन उत्साहका साथ हामी लाग्यौँ, कतै हामीले बाटो त बिराएनौँ, गल्ती त गरेनौँ कहीँ हामी थाक्न त थाकेनौँ, हरेस त खाएनौँ भन्ने मलाई पनि बोध हुन्छ ।’

डा बाबुराम भट्टराई पक्ष जसपा बाट बाहिरिने लगभग निश्चित भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव मन्त्री हेरफेर गर्ने तयारीमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको