काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो भेटघाट गरेका हुन् ।
गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको गृहमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने बताएका थिए ।
भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।







