जनकपुरधाम । मधेश सरकारको प्रशासनिक भवनका निम्ति जग्गा पहिचान गर्न गठित समितिले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) प्राङ्गणलाई नै प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ ।
मंगलबार मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको प्रतिवेदनमा जचुकाली प्राङ्गणमै मधेश सरकारको प्रशासनिक भवन बनाउन उपयुक्त हुने उल्लेख छ ।
प्रशासनिक भवनसहित अन्य भौतिक संरचना निर्माणका लागि सरकारले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको संयोजकत्वमा एक समिति बनाएको थियो । समितिले सरोकारबालासँग छलफल गर्दै तयार पारेको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइएको समिति संयोजक मन्त्री यादवले बताए ।
उनका अनुसार राजधानीको मूल संरचनाको लागि जचुकाली परिसरलाई नै मुख्य प्राथमिकतामा राखी राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार पारिएको छ ।
जचुकाली प्राङ्गणलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा अभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणका लागि प्रतिवेदन मार्फत् सिफारिस गरिएको उनले बताए ।
प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्रिपरिषदको बैठकबाट स्वीकृति प्रदान गरिने बताए । उनले साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिने पनि जानकारी गराए ।–अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको