राजविराज – भारतीय राजदूतावास काठमाण्डौले दुई सय जना नेपाली विद्यार्थीहरुलाई स्वर्ण जयन्ति छात्रवृत्ति कार्यक्रमका लागि चुनिएको छ ।
२०१७ देखी २०१८ सम्मका लागि छात्रवृत्ति कार्यक्रमका लागि चुनिएको विद्यार्थीहरुलाई दूतावासले एक कार्यक्रमको अयोजना गरी , बधाई ज्ञापन गर्दै स्वर्ण जयन्ति छात्रवृत्तिको लागि योग्यताको प्रमाणपत्र प्रदान गरेको छ । ।
नेपालका विदेश सचिव शंकरदास वैरागी प्रमुख अतिथियमा भएको कार्यक्रमा भारतीय राजदूत श्री मञ्जिव सिंह पुरीले विद्यार्थीहरुलाई कार्यक्रममा छानिएकोमा बधाई व्यक्त गर्दै व्यक्तिगत र पेशागत उपलब्धि हासिल गर्न सुझाव दिएको थियो । जसले भारत–नेपाल सम्बन्धलाई थप गहन र बलियो बनाउन योगदान पु¥याउने छ । नेपाल सरकार शिक्षा मन्त्रालयका वरिष्ट पदाधिकारीहरु र विभिन्न विश्वविद्यालय तथा कलेजहरुका उपकुलपति, डिन, रजिस्ट्रार तथा प्राध्यापकहरु कार्यक्रममा सहभागी भएका थिए ।
उक्त छात्रवृत्ति कार्यक्रमले चुनिएका नेपाली विद्यार्थीहरुलाई नेपालकै विश्वविद्यालय र क्याम्पसहरुमा एम.बि.बि.एस., बि.ई., बि.एस.सि., बि.ए., बि.एड. बि.बि.ए. लगायत अन्य विषयहरुमा स्नातक तहको पढाइ जारी राख्न समर्थ गरेको छ । दूताबास द्धारा जारी गरिएको प्रेस विज्ञप्ती अनुसार सन् १९५१ मा शुरु भएको भारत–नेपाल आर्थिक सहकार्यको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमाभारत सरकारले सन् २००२ मा योग्य नेपाली विद्यार्थीहरुका लागि स्वर्ण जयन्ति छात्रवृत्ति कार्यक्रमको शुरुवात गरेको थियो । यस कार्यक्रमको शुरुवातमा ५० जना नेपाली विद्यार्थीेलाई यो छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्तिको संख्यामा वृद्धि गरी एक सय पु¥याइएको थियो । सन् २०१२ देखि यसको संख्यालाई दोब्बर बनाई दुई सय पु¥याइएको छ ।
अहिले सम्म नेपालका ७७ जिल्लाका २ हजार १ सय ५० भन्दा बढी विद्या्र्थीहरु यस स्वर्ण जयन्ति छात्रवृति कार्यक्रमबाट लाभान्वित भएको जनाईएको छ । यी छात्रवृत्ति कार्यक्रमहरु नेपालमा मानव स्रोत विकासमा सहयोग गरी नेपाल र नेपाली जनताको समग्र सामाजिक–आर्थिक विकासका लागि भारतले गर्नेे प्रयासको एक अंश भएको बताईएको छ । भारत सरकारले नेपाल र भारतका विभिन्न विश्वविद्यालयहरुमा चिकित्सा, विज्ञान, कृषि, कला, पशु विज्ञान, औषधी निर्माणविज्ञान, कम्प्युटर विज्ञान तथा नर्सिङ विषयहरुमा अध्ययन गर्नका लागि प्रत्येक बर्ष तीन हजार छात्रवृत्ति प्रदान गर्दछ ।emb-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको