राजविराज – भारतीय दुतावासले क्लास बी बिजनेस इनोवेशेसन सँग मिलेर अन्तराष्ट्रिय उद्यमी सम्मेलन गर्न लागेको छ ।
भारतीय दुतावासले एक विज्ञप्ती जारी गर्दै सम्मेलनवारे आफ्नो सम्पूर्ण कार्यक्रम सार्वजानिक गरेको हो ।
२४ मार्चमा गर्ने सम्मेलन नेपाल–भारतका युवा उद्यमीहरुलाई एकै ठाउँमा ल्याई अभिनव विचारहरुलाई आदान–प्रदान गराउने उदेश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । यस कार्यक्रमले दुबै देशको जनताहरुको बिचमा उद्यमशिलता व्यवसाय र ज्ञान क्षेत्रहरुमा सम्बन्ध विस्तार हुने जनाईएको छ । यस्तो किसिमको कार्यक्रम नेपालमा पहिलो पटक भइरहेको छ । यसमा दुबै देशका युवा उद्यमीहरुले एक साथ मञ्च
पाउने छ ।
यस कार्यक्रमले दुबै देशका लगानीकर्ता उद्योगी व्यापारीहरुको लागि नयाँ योजना सहितको अवसर हुने दुतावासले जारी गरेको विज्ञप्तीमा जनाएको छ । कार्यक्रमबाट युवा व्यापारी उद्यमीहरुलाई ठुलो कारोवार ी व्यापारीहरुसँग ज्ञान मिल्ने बताईएको छ ।
यस कार्यक्रमले दुबै देशको अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउने र सुमधुर सम्बन्ध रहि रहने दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सो कार्यक्रममा सहभागी गराउन काठमाण्डौको विभिन्न स्थानमा उद्यमी छनौट अडिसन प्रक्रियालाई अगाडी बढाई ठुलो उद्यमी तथा व्यापारी विचारहरुलाई पहिचान गरी कार्यक्रममा सहभागी गराईने छ । यस कार्यक्रममा दुबै देशको प्रतिष्ठित अधिकारीहरुको सहभागिता रहने जनाईएको छ ।
यसमा भारतबाट (ओवाईओ) रुम्सको संस्थापक सीईओ श्री रितेश अग्रवाल, टाटा कैपिटल प्राइवेट इक्विटीको वरिष्ठ उपाध्यक्ष आशुतोष त्यागी, भारतको पेमेंट्स काउंसिल आफ इंडिया (पीसीआई)का अध्यक्ष नवीन सूर्य, सुश्री वंदना सहभागी हुनेछ । एफएबी बैगको सह–संस्थापक र प्रबंध निदेशक श्री कौशिक मुखर्जी, कोलकाता वेंचरको प्रबंध निर्देशक एवेलो राय र इंडिया कावोर्किनको संस्थापक यतिन ठाकुर, नेपालबाट सूची मा अक्सीजन विजनेशका सिईओ सिद्धार्थ राज पांडे, किंग्स कलेज का कार्यकारी निर्देशक नरोत्तम अर्याल, सुमित ग्रुपका सिईओ सुशिल पोखरेल, एफ आई सोफ्ट फाइनटिजका अध्यक्ष विश्वास ढकाल, इंगलिस पत्रिका रिपब्लिकाका सम्पादक सुभाष घिमिरे, अधिवक्त सिमान्ता दाहाल लगायतको उपस्थिति रहने दुतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
२४ मार्चमा सम्मेलन गर्न दुतावासले १४ देखि १८ मार्चसम्म कलेज स्तरमा उद्यमशिलताको विषयमा कार्यक्रम गर्ने भएको छ । त्यस्तै १९ मार्च देखि २० मार्च सम्म आइडिया अडिसनको लागि विजनेश पार्कमा उद्यमीलाई आफनो आफनो विचार प्रदान गर्न लगाउने जसलाई टिभीबाट प्रत्यक्ष प्रसारण गरिनेछ । २२ मार्चमा अडिसनको लागि सम्मेलनमा भाग लिन चाहने कुनै पनि व्यक्ति वा व्यापारिले आफ्नो नाम वेवसाइटबाट नाम दर्ज गराउन सक्ने छ ।
२४ मार्च अन्तराष्ट्रिय उद्यमी सम्मेलन काठमाण्डौको होटल रेडिसनमा मनाउने छ ।







