राजविराज – भारतीय दुतावासले क्लास बी बिजनेस इनोवेशेसन सँग मिलेर शनिवार गर्न लागेको अन्तराष्ट्रिय उद्यमी सम्मेलनमा ३ सय जना युवा उद्यमीहरु भाग लिने भएको छ ।

२४ मार्चमा गर्न लागेको सम्मेलनमा नेपाल–भारतका युवा उद्यमीहरुलाई एकै ठाउँमा ल्याई अभिनव विचारहरुलाई आदान–प्रदान गराउने छ । यस कार्यक्रमले दुबै देशको जनताहरुको बिचमा उद्यमशिलता व्यवसाय र ज्ञान क्षेत्रहरुमा सम्बन्ध विस्तार हुने जनाईएको छ । यस कार्यक्रलाई नेपालका अर्थ मन्त्री युवराज खतिवडाले उदघाटन गर्ने छ ।
यस कार्यक्रमले दुबै देशका लगानीकर्ता उद्योगी व्यापारीहरुको लागि नयाँ योजना सहितको अवसर हुने दुतावासले जारी गरेको विज्ञप्तीमा जनाएको छ । कार्यक्रमबाट युवा व्यापारी उद्यमीहरुलाई ठुलो कारोवारी व्यापारीहरुसँग ज्ञान मिल्ने बताईएको छ । यस कार्यक्रमले दुबै देशको अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउने र सुमधुर सम्बन्ध रहि रहने दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसमा भारतबाट (ओवाईओ) रुम्सको संस्थापक सीईओ श्री रितेश अग्रवाल, टाटा कैपिटल प्राइवेट इक्विटीको वरिष्ठ उपाध्यक्ष आशुतोष त्यागी, भारतको पेमेंट्स काउंसिल आफ इंडिया (पीसीआई) का अध्यक्ष नवीन सूर्य, सुश्री वंदना सहभागी हुनेछ ।
एफएबी बैगको सह–संस्थापक र प्रबंध निदेशक श्री कौशिक मुखर्जी, कोलकाता वेंचरको प्रबंध निर्देशक एवेलो राय र इंडिया कावोर्किनको संस्थापक यतिन ठाकुर, नेपालबाट सूची मा अक्सीजन विजनेशका सिईओ सिद्धार्थ राज पांडे, किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल, सुमित ग्रुपका सिईओ सुशिल पोखरेल, एफ आई सोफ्ट फाइनटिजका अध्यक्ष विश्वास ढकाल, इंगलिस पत्रिका रिपब्लिकाका सम्पादक सुभाष घिमिरे, अधिवक्त सिमान्ता दाहाल लगायतको उपस्थिति रहने दुतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
एक साताको उद्यमी बैठक र १० वटा कलेज स्तरीय गतिविधि तथा ४ दिनको कार्यशालाबाट लगभग ५ लाख उद्यमीहरु समक्ष आफ्नो सूचना प्रवाह गरेको छ । जसबाट ६ सय भन्दा उद्यमीहरुलाई अभिलेखमा राखिएको छ भने ३ सय उद्यमीहरुलाई सम्मेलनमा भाग लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको