राजविराज– शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै खुला दिसामुक्त घोषणाका लागि हतार गरेको भन्दै आलोचना भएपछि सरोकारवाला निकायले कानुनी बाटो अख्तियार गरेको छ ।
चैत १६ गते शुक्रबार जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने पूर्व्निर्धा्रित कार्यक्रमलाई पछि सार्दै समितिले कानुनी प्रक्रिया पूरा गर्न थालेको हो । घोषणा सभा चैत्त २१ गतेका लागि सारिएको छ ।
जिल्लालाई खुला दिसामुक्त घोषणा गरेरै छाड्ने योजना अनुरुप समितिले शुक्रबार तीनदिने सूचना प्रकाशित गरेको थियो। सूचनामा कुनै समुदायमा शौचालय निर्माण नभएको वा खुलारुपमा दिसा गर्ने गरेको भए जानकारी दिन र त्यस्तो जानकारी प्राप्त नभए जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न बाधा नपर्ने उल्लेख गरिएको छ। घोषणाको दिन १६ गतेबाट २१ गतेका लागि सारिएको छ।
समितिले जारी गरेको सूचना अर्थपूर्ण भएको जानकारहरुले बताएका छन्। शौचालय निर्माण र प्रयोगमा सम्बन्धित निकाय असफल भएको भन्दै आलोचना बढेपछि भविष्यमा आउन सक्ने अप्ठ्यारा रोक्न पहिले नै कागजी प्रक्रिया व्यवस्थित गरिएको उनीहरुले बताए । यता, मधेसी चेतना समाजले सोही दिन जारी गरेको प्रेस विज्ञप्तिमा जिल्लामा हालसम्म ६० प्रतिशत पनि शौचालय निर्माण नभएको दाबी गरेको छ। ४० प्रतिशत घरमा शौचालय नै निर्माण नगरी खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सम्बद्ध सबैलाई कानुनी दायरामा ल्याउन विज्ञप्तिमा माग गरिएको छ । नेपाल लाईभवाट







