काठमाडौं– भारतको तीन दिने राजकीय भ्रमणमा शुक्रबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री मोदी निवासमा प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेटवार्ता भएको हो। भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै भेटवार्ताको फोटा पोस्ट गरेका छन्। उनले ट्विटमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले हर्षित छु।’

धानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भोलि प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा औपचारिक वार्ता हुनेछ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उद्योगी व्यापारीलाई सम्बोधन गरेका थिए। ५४ सदस्यीय भ्रमण टोली लिएर भारतको राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीलाई नयाँ दिल्ली स्थित विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको