राजविराज – नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको निमन्त्रणामा भारतका ३७ सदस्यीय युवा प्रतिनिधि मण्डल नेपाल भ्रमण गरेका छन् ।
नेपाल तथा भारतको युवा, खेल मन्त्रालयको संयुक्त पहलमा भारतको युवा प्रतिनिधि मण्डल नेपाल भ्रमण गरेको हो । भारतबाट एआई एम एस, एनआईटी, नेशनल ललित अफ इंडिया ईन युनिभर्सिटी र राजिव गान्धी राष्ट्रिय युवा विकास संस्थान सहितका भारतका प्रमुख संस्थानहरुबाट विद्यार्थीहरु उक्त प्रतिनिधि मण्डलमा सहभागी थिए ।
एक साता लामो भ्रमणमा भारतका युवा प्रतिनिधिहरुले राष्ट्रिय युवा परिषद नेपाल, नेपाल पर्यटन बोर्ड, बाणिज्य चेम्बर युवक विङ्स सँग छलफल गरेका थिए । उनीहरुले पशुपतिनाथ मन्दिर, भक्तपुर दरबार लुम्बिनी विकास क्षेत्रका प्रतिनिधि मण्डल सँग समेत भेटघाट गरेका छन् ।
नेपाल सरकारले भारतबाट आएको प्रतिनिधि मण्डललाई रात्री भोजको आयोजना समेत गरेका थिए । भ्रमणमा आएका युवा टोलीले नेपाल र नेपाली बिच मित्रताको गहिरो सम्बन्धलाई प्रशंसाको संज्ञा दिदैं यस्ता भ्रमणहरु बेला बेलामा हुनुपर्ने बताए ।
नेपाल सरकारले भारतका युवाहरुलाई नेपाल भ्रमणको लागि समन्वय गरिदिएको प्रति उनीहरुले धन्यवाद समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको