राजविराज-छिन्नमस्ता विकास सेवाले रुपनी गाउँपालिकाको सहयोगमा स्त्री तथा प्रसुती रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
विभिन्न रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिब, विपन्न परिवारहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरबाट ४ सय ९० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
बिराट मेडिकल कलेजबाट आएका डा. अमित देव, डा. सृष्टि थापा, डा. रोजिना सेडाही, डा. दिपेन्द्र खनाल लगायत चिकित्सकद्वारा ४ सय ९० जना रोगीको निशुल्क उपचार गराइएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।
शिविरमा उपचारसँगै भिडियो एक्सरे र जाँच सेवा तथा औषधीहरु समेत निशुल्क बितरण गरिएको थियो । शिविरमा पाठेघर सम्बन्धी समस्याबाट ग्रस्त फेला परेका ६९ जना जटिल रोगीलाई बिराट मेडिकल कलेज लगि निशुल्क उपचारको व्यवस्था मिलाउने तयारी गरिएको कलेजका मार्केटिङ डायरेक्टर सुनिल देवले जानकारी दिए ।
यसअघि सो शिविरको राजपाका महासचिव एवं प्रदेश सभा सदस्य मनिष कुमार सुमनले उद्घाटन गरेका थिए ।







