राजविराज । सप्तरीको तिलाठी कोलाडी गाउँपालिकानामा समाजिक विकास कार्यक्रम गर्ने विषयलाई लिएर विवाद भएको छ ।
समाजिक विकास कार्यक्रम गर्ने भनि निकालेको विज्ञापनमा कमिसनको चलखेल गरी कार्यक्रम वितरण हुन थालेपछी गाउँपालिका उपाध्यक्ष सुचिता यादवले कार्यक्रम वितरण आफनो निगरानीमा हुनुपर्ने प्रमूख प्रशासकिय अधिकृत सरोज झालाई निर्देश दिए पछि शुक्रबार गाउँँपालिका भित्र झडप भएको थियो ।
उपाध्यक्ष यादव र प्रशासकिय अधिकृत झा विच समान्य विवाद भएपनि कार्यक्रमकै विषयलाई लिएर स्थानिय युवा विकेश यादव ,राजेश यादवल र प्रशासकिय अधिकृत झा विच कुटकुट समेत भएको छ ।
विकेश र राजेशलाई प्रशासकिय अधिकृत झाले मोटरसाइृको हेल्मेटबाट कुटपिट गरी प्रहरीको जिम्मा लगाईएको स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई छ ।
प्रशासकिय अधिकृतको प्रभावमा परि बिकेश र राजेशलाई प्रहरीले २४ घण्टा हिरासतमा राखेपछि शनिवार मिलापत्र गरी रिहा गरिएको छ । प्रशासकिय अधिकृत झा स्थानिय भएकाले गाउँपालिका भित्र बारमबार विवाद हुदै आईरहेको छ । सो गाउँपालिका बजेट अधिकृत झाले चरम दुरुपयोग गर्दै आएको छ ।







